दोहोरो नागरिक्ता लिए माथि भएन कार्यवाही।

मेवालाल यादव , रौतहट

frontline

रौतहटको राजपुर नगरपालिकाको वडा नं ३ मा रहेको आमिन मियाँ धुनियाका ज्वाइँ छोरा हाल ३ साविक वडा नम्बर ९ का अन्दाजी ४० वर्षिय नजरुदिन मंसुुरीले भारतको सितामढी जिल्ला अन्तर्गत रहेको गा.वि.स.परसौनीबाट दोहोरो नागरिकता लिएको प्रमाण भेटिएको छ ।नजरुदिन मंसुुरीको श्रीमती सालमुन नेसा नेपाली नागरितामा सोही ब्यक्तिको भारतमा नाजवुन बेगम नाम रहेको प्रमाण भेटिएको हुँदा हुदै रौतहट जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयबाट कार्वाही नागरेको पीडितले बताएका छन् ।नाजवुन बेगमलाई नेपाल प्रहरीले समात्नुकै साटो सोही ब्याक्तीलाई सरकक्षण गरिरहेका छन् बताए ।

मानिस एउटै भए पनि भारतीय आधार कार्डमा नजरे आलम मंसुुरी तथा भोटर आइडी कार्डमा आलम मंसुरी नाउँ थर फरक फरक लेखिएको प्रमाण फेला परेको छ ।

नेताको संरक्षणमा उम्की रहेको हुँदा जिल्ला प्रशासनद्वारा कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पत्रचार हुँदा पनि उनलाई पक्राउ गर्न प्रहरीलाई चुनौतीको विषय बनेको हो।

नजरुदिनले आफ्ना ससुरा आमिन मियाँलाई बुबा बनाई नागरिकता प्राप्त गरेका छन्। आमिन मियाँको छोरा मुस्तुफा मंसुुरीले आफ्नो दाई सावित गरी नागरिकता प्राप्त गरेको र उक्त व्यक्ति हाल फरार रही जिल्ला प्रहरी कार्यालय रौतहटमा पटक पटक जानकारी गराए ता पनि प्रहरीले अटेरी गरेको उजरीकर्ता कमरे आलमले पत्रकार सम्मेलन मार्फत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here