दोहोरो अंकले घट्यो नेप्से, सुस्तायो सेयर बजार

२० चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

नेप्से परिसूचक ३० दशमलव ८९ अंकले घटेर २५ सय १३ दशमलव ४१ अंक्मा झरेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४४ अंकले घटेको छ ।

frontline

उता कारोबार रकम पनि सुस्ताएको छ । आइतबार कारोबार रकम डेढ अर्ब पनि पुगेन । दिनभर भएका २८ हजार ११३ कारोबारबाट २२५ धितोपत्रका ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here