दोस्रो चरणको मतदानमा १५ सय मत खस्यो

२८ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान राजधानीको राष्ट्रिय सभागृहमा जारी छ ।

 सोमबार भएको मतदानपछिको मतगणनामा सभापतिका कुनै पनि उम्मेदवारले जीतका लागि मत हासिल गर्न नसकेपछि आज फेरि मतदान भएको हो । 

frontline

दाेश्राे चरणमा  मतदान सुरू भएकाे हालसम्म १ हजार ५ सय मत खसेको निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए । मतदानका लागि सभागृहमा​ ६ वटा बुथको व्यवस्था गरिएको छ ।

मतदानस्थलमा यतिबेला उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइराला आफ्नो पक्षमा माहौल बनाउन लाइनमा उभिएका मतदातासँग भोट माग्न व्यस्त छन् ।  

दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here