दोलखा जिरी नगरपालिकाको मेयर र उपमेयरमा एमाले बिजयी

३ जेठ, दोलखा । दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले बिजयी भएको छ ।

जिरीको मेयरमा एमालेका मित्रबहादुर जिरेल र उपमेयरमा कृष्णमाया बुढाथोकी (खड्का) निर्वाचित भएका छन् ।

frontline

जिरेलले मेयरमा २ हजार ९४९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाले २ हजार ६९२ मत मात्र पाए ।

यस्तै उपमेयरमा बुढाथोकीले ३ हजार ४३४ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्का तेजबहादुर तामाङले ३ हजार १२० मत मात्र ल्याए । २०७४ सालमा पनि बुढाथोकी जिरीको उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here