दोलखामा बाढीले निर्माणाधीन झोरुङ्ग खोला पुल भत्कियो

१२ असार, काठमाडौं । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुल भत्किएको छ । बाढीले क्षति पुर्‍याए पछि निर्माणाधीन झोरुङ्ग खोला पुल भत्किएको हो ।

बाढीले पुलमुनिको ग्याबिन भासिँदा ग्याबिनमा राखिएका टेका ढलेपछि ढलान गर्ने तयारी गरिएको पुलको फर्मा भाँचिएका छन् । यो पुलले विगु गाउँपालिकाको वार्ड नं ४ लाई ५, ६, ७ र ८ वडासँग जोड्थ्यो ।

frontline

पुल ढलान गर्ने तयारी अनुसार टेका लगाएर फर्मा राखिएको थियो । त्यहाँ छड बाँध्ने तयारी भइरहेको थियो । शनिबार ठाडो खोलामा आएको बाढीले भत्काइदिएको छ ।

तर प्राविधिक रुपमा गडबडीको शंका लागेपछि गाउँपालिकाले जेठ मसान्तमै काम रोक्न ठेकदारलाई निर्देशन दिएको थियो ।

सिँगटी हाइड्रोको ८० र बिगु गाउँपालिकाको २० प्रतिशत संयुक्त बजेट लगानीमा पुल निर्माणाधीन थियो । दुई करोड १६ लाख बजेटमा त्रिवेणी शेर्पा लाहा जेभीले यो पुल निर्माणको ठेक्क लगेको थियो ।

यो पुलमा सिंगटी हाइड्रोपावरको ८० प्रतिशत र बिगु गाउँपालिकाले २० प्रतिशत लगानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here