दैलेखमा हराएको पुरुषको ४१ दिनपछि शव फेला

२६ पुस, दैलेख । दैलेखका एकजना पुरुष हराएको ४१ दिनपछि शव फेला परेको छ।

दैलेखको दुल्लु नगरपालिका-७ का ३६ वर्षीय उपेन्द्रमान श्रेष्ठको आइतबार शव फेला परेको हो।

frontline

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनी मंसिर १४ गतेदेखि हराइरहेका थिए। श्रेष्ठका आफन्त र प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दैलेखको गुराँस गाउँपालिका-२ जकत्रे खोलामा उनको शव फेला परेको हो।

सडकबाट करिब २०० मिटर तल खोलामा शव फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। शव भएको ठाउँमा कर्णाली प्रदेश ०२ – ६६५८ नम्बरको मोटरसाइकल पनि रहेको प्रहरीले जनाएको छ।

श्रेष्ठ मंसिर १४ गते दुल्लुबाट सुर्खेत जान भनि मोटरसाइलमा आएका थिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here