दैलेखमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, आठजना घाइते

२१ पुस, दैलेख ।  दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दैलेखको भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडा बजारबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको लु २ च ४८२९ नम्बरको जीप कट्टी खोलानजिकै मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप मालिक २९ वर्षीय कृष्ण रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद शाहले जानकारी दिए। 

frontline

जीप चालक समेत रहेका रोकाया भगवतीमाई गाउँपालिका–६ चिपिन घरभइ हाल बेस्तडा बजारमा पसल गरी बस्ने गरेको डीएसपी शाहले बताए ।

डीएसपी शाहका अनुसार दुर्घटनामा आठजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेततर्फ पठाइएको
छ।

जीपमा चालकसहित १० जना सवार थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले जीप अनियन्त्रित भइ दुर्घटना भएको देखाएको छ । जीप दुर्घटनाबारे थप अनुसन्धान थालेको प्रहरीले जनाएको  छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here