देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्न सरकारको निर्देशन

३० असोज, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आइतबार प्याराग्लाइडिङ दुर्घटना भएपछि सरकारले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि खेलाडी निशिम थापामगरको दुर्घटनापश्चात् मृत्यु भएपछि तत्काललाई यो खेल बन्द गर्न निर्देशन दिएको हो ।

frontline

मन्त्रालयका अनुसार प्याराग्लाइडिङसम्बन्धी अर्को व्यवस्था नभएसम्म प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरिएको छ ।

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाकोतर्फबाट सहभागी २६ वर्षीय निशिमले पोखरा सराङकोटबाट उडान भरेका थिए । तर, उनी सोझै पोखरा–१८ सराङकोटस्थित एक निर्माणाधीन भवनमा खस्न पुगे । जहाँ उनको दुःख निधन भयो ।

लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागी निशिम पोखरा– १० का बासिन्दा हुन् । उनको घर भने गोरखा पालुङटार हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here