देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना,सतर्कता अपनाउन अनुरोध

शनिबार, काठमाडौं । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ।

प्रदेश १, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान शाखाले जनाएको छ।

frontline

यस्तै रातिको समयमा भने  देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 प्रदेश १ को एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

पहाडी भू- भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here