देशभरका २४ अस्पतालबाट फाइजर खोप लगाइँदै

२४ कात्तिक, काठमाडौं : सरकारले कात्तिक २८ गते आइतबारदेखि अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत प्राप्त भएको एक लाख मात्रा फाइजर खोप लगाउने अभियान सुरु गर्दैछ । देशभरका २४ अस्पतालबाट खोप दिने कार्यक्रम तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

खोप अभियान मंसिर ४ गतेसम्म चल्ने छ । काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरीएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार लामो समयदेखि मुटुको बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति, लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी खोपको प्राथमिकतामा पर्नेछन् ।

frontline

यस्तै, जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी, लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पूर्जा बमोजिम औषधि खाइरहेका बिरामी, अंग प्रत्यारोपण गरेका व्यक्ति, लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामी पनि प्राथमिकतामा परेका छन् । 

कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति, मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (जस्तै पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृती आदी) लागेका व्यक्ति पनि प्राथमिकतामा पर्नेछन् । खोप बचत भएको अवस्थामा १२ देखि १८ वर्षका अन्य बालबालिकालाई खोप लगाइने कार्यक्रम रहेको छ । यो कार्यक्रम भने मंसिर ५ देखि ७ गतेसम्म चल्ने छ ।

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउन खरिद प्रक्रिया अगाडि बढाइसकेको छ। नेपालले फाइजर कम्पनीसँग ६० लाख  डोज र कोभ्याक्स सविधामार्फत कस्ट सेयरिङमा ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरिसकेको छ ।

यस्तै, वीर अस्पताल, निजामती सेवा अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद गंगालाल हृदय केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, वीरेन्द्र सैनिक अस्पताल, मेची अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको छ । 

यस्तै, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पताल, कोशी अस्पताल, गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, धुलिखेल अस्पताल, धवलागिरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रादेशिक अस्पताल र सेती अस्पताललाई खोप केन्द्र तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here