देशका केही स्थानमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना
३१ वैशाख, काठमाडौं । शनिवार प्रदेश नम्बर १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश नम्बर १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाको भनाइ छ।
साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानमा मेघ गर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, राती प्रदेश नम्बर १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।
प्रदेश नम्बर १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्