देशका केही (महाकाली र कन्काई) नदीमा पानीको बहाव उल्लेख्य बढ्ने

सान्केतिक तस्बिर

१३ साउन, काठमाडौं । देशका केही नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पारिगाउँस्थित महाकाली र मैनाचुलीस्थित कन्काई नदीमा बहाव उल्लेख्य बढ्नेछ ।

frontline

आज इलाम, झापा, मोरङ, धनकुटा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, म्याग्दी, पर्वत, बागलुङ, बर्दिया, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

296249907_415151007313695_3420001118956119124_n1659066383.jpg

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here