देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

फाइल फोटो

९ पुस, काठमाडौं । आज देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

frontline

आइतबार सुदुर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । हिमाली भू-भागका एक वा दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

सोमबार भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here