देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार (तस्बिरहरू)

काठमाडौँ । दसैँ सुरु भएसँगै ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरुलाई देवी दुर्गाको मूर्ति बनाउन भ्याइ नभ्याई छ । उनीहरूले सिंहमा सवार देवी, देवीले महिषासुर नामक राक्षसको वध गरिरहेको झल्किने मूर्ति बनाइरहेका छन् ।

नवदुर्गाले देवी दुर्गाका नौ स्वरूपलाई जनाउँछन् जसलाई शक्ति, साहस, समृद्धि र कल्याणको प्रतीकका रूपमा पुजिन्छ । असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको दसैँमा नवदुर्गाको आराधनाले धार्मिक आस्था र परम्परालाई जीवन्त राख्न मद्दत गर्छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here