देउवा सरकारको एक वर्ष, जनप्रियभन्दा पनि अप्रिय काम धेरै

फाइल तस्बिर

२९ असार, काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत् बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको आज एक वर्ष पुगेको छ।

देउवा सरकार गत २०७८ साल २९ असारमा गठन भएको थियो। सुरुमा चारमन्त्रीसहित सपथ लिएको देउवा नेतृत्वको सरकारले जनप्रियभन्दा पनि अप्रिय काम धेरै गरेको छ। सरकारका अधिकांश मन्त्री नाम बदनाम भएका छन्।

frontline

८८ दिनमा मन्त्रिपरिषदलाई पूर्णता दिएका प्रधानमन्त्री देउवाले त्यसपछि मन्त्रि फेरेको फेर्‍यै छन्। असारमा मात्रै उनले दुई पटक मन्त्रिपरिषद हेरफेर गरेका छन्।

गठबन्धनका नेतालाई रिझाउनु बाहेक देउवाको उल्लेख्य केही पनि काम देखिएको छैन्। देउवा गठबन्धनको सभापति बनेको भनेर कांग्रेसको इतर समूह रुष्ट छ।

देउवाले पछिल्लो पटक ओली सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी विधेयक हुबहु ल्याएर झन आलोचित बनेका छन्।  बजेट निर्माणमा बिचौलियाको प्रयोग गरेको भन्दै आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले त राजीनामा दिइसकेका छन्।

यद्यपी सरकारले स्थानीय तहको निर्वाचन भने सफलतापूर्वक सम्पन्न गराएको छ। यो सरकारको सकारात्मक काम हो। सरकारले संसद्लाई भने पुनः गतिशील बनाएको  छ।

यो एक वर्षमा गत ६ वर्षयताकै सबैभन्दा बढी मूल्यवृद्धि भएको छ। राष्ट्र बैंकले सोमबार जारी गरेको प्रतिवेदनअनुसार हाल मूल्यवृद्धि दर ८.५६ प्रतिशत रहेको छ ।

यसैगरी, आयात उच्च भएको छ भने विदेशी मुद्रा सञ्चिति कमजोर बन्न पुगेको छ। पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली अकासिँदा जनताको ढाड सेकिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here