देउवा नेतृत्वको सरकारको पक्षमा ‘युटर्न’ भयो कांग्रेस

 प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा केही दिनयता अनौठो दृश्य देखिएको छ । आसन्न १४ औं महाधिवेशनमा जसले शेरबहादुर देउवालाई सभापतिमा रोक्न चाहेको छ, त्यही पक्षले सरकारको नेतृत्व गर्नुस् भनेर हारगुहार गरिरहेको छ ।जबकि २८ फागुन अगाडिसम्म वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि गगन थापासम्म सबैले प्रतिपक्षमा बस्ने ‘म्याण्डेट’ पाएको कांग्रेस सरकारमा जान नहुने बताइरहेका थिए । संस्थापन इतरका नेताहरु अचानक कसरी युटर्न भए ? किन सभापति देउवाको नेतृत्वमा सरकार बनाउनुपर्छ भनिरहेका छन् उनीहरु ?

ती नेताहरुका अनुसार, २३ फागुनमा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेसँगै नयाँ सरकार गठनको ढोका खुले पनि संस्थापन इतर पक्षका नेताहरु यसबारेमा मौन नै थिए ।

frontline

२५ फागुनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं बूढानीलकण्ठ पुगेर देउवाको नेतृत्वमा कांग्रेस, माओवादी र जसपाको सरकार बनाउने प्रस्ताव नै राखे । जसपाको एउटा खेमा पनि यसमा तयार देखियो । तर स्वयं कांग्रेसका नेताहरु एकमत थिएनन् ।पौडेल निकट एक नेता भन्छन्, ‘सभापति प्रधानमन्त्री बन्नु सभापतिका आकांक्षीहरुका लागि क्षति नै हो । तर तत्कालको क्षति व्यहोरेर पनि देउवालाई अगाडि बढाउन सबै तयार भएका छौं । किनकि ओली सरकार रहँदा अझ ठूलो क्षति हुन्छ ।’

सभापति देउवाले पनि बैठक राखेर आधिकारिक धारणा बनाउन पहल नगरेपछि नेताहरुले आफ्नो अनुकूल धारणा राख्न थाले । कतिपय नेता कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने पक्षमा देखिए पनि संस्थापन इतरका बहुसंख्यक नेताहरुले सरकार नै नबन्ने अवस्था आए गाँठो फुकाउनुपर्ने, तर सरकारमा जान नहुने धारणा राखे ।वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी भूमिकाबाट कांग्रेस डगमगाउन नहुने बताउँदै आएका थिए । तर २८ फागुनमा संस्थापन इतरका नेताहरु देउवाकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने निष्कर्षमा पुगे ।

त्यो दिन जसपाका नेताहरु आफूलाई भेट्न ४ बजे आउने भएपछि देउवाले ३ बजे पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक बोलाएका थिए । त्यसअघि पौडेल समूहका नेताहरु महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा भेला भएका थिए ।त्यहाँ पनि नेताहरुले सरकारलाई फ्लोरबाट मात्र समर्थन गर्नुपर्ने, पार्टीकै नेतृत्वमा सरकार बनाउँदा पनि देउवाबाहेकका अरुले नेतृत्व गर्नुपर्ने धारणा राखेका थिए । किनकि कांग्रेसको १४ औं महाधिवेशन भदौ ७–१० मा हुँदैछ र प्रधानमन्त्रीको पदमा बसेका बेला देउवालाई सभापतिमा हराउन निकै गाह्रो हुन्छ भन्ने पौडेल पक्षको बुझाइ छ ।

पौडेल समूहका नेताहरुका अनुसार यो तर्क कमजोर छैन । किनकि आफ्नो पक्षमा लाग्ने नेताहरुको व्यवस्थापनका लागि उनीसँग मन्त्री तथा विभिन्न पद दिन सक्छन् । महाधिवेशन प्रतिनिधिलाई प्रभावित पार्न राज्य सत्ताकै ‘दुरुपयोग’ पनि हुनसक्छ ।त्यसो भए फेरि किन एक स्वरमा देउवाकै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने निचोडमा पुग्यो त्यो बैठक ? एक नेताका अनुसार त्यो दिन महामन्त्री शशांकको कोठामा प्रमुख नेताहरुबीच छुट्टै छलफल भएको थियो । त्यहाँ देउवाको नेतृत्वमा सरकार नबनाए हुने सम्भावित तीन परिदृश्यको चर्चा भएको थियो । केपी ओलीले राज्यसत्तामा जस्तो संरचना बनाएका छन्, त्यसको चुनावी फाइदा उनलाई हुन्छ ।केपी शर्मा ओली पनि हार्न सक्छन् भन्ने सन्देश दिनुपर्छ । नभए उनको विजेताको छवि चुनावमा भारी पर्नसक्छ ।

र, प्रधानमन्त्री ओली र सभापति देउवाबीच ‘सेटिङ’ कायमै रहे कांग्रेसलाई थप क्षति हुनसक्छ ।यही जोखिम टार्न देउवाकै नेतृत्वमा भएपनि सरकार बनाउन आफूहरुले सहयोग गर्नुपर्ने नेताहरुको तर्कमा रामचन्द्र पौडेललगायत सबै सहमत भएको एक नेताले बताए । त्यसपछि पौडेलले त्यहीँबाट सभापति देउवालाई फोन गरेर ‘सरकारको नेतृत्वका लागि अग्रसरता लिनुस् र जसपा नेताहरुलाई प्रधानमन्त्रीले जेजे माग सम्बोधन गर्छु भनेका छन्, हामी पनि पूरा गर्छौं भन्नुस्’ भनेका थिए ।पौडेल निकट एक नेता भन्छन्, ‘सभापति प्रधानमन्त्री बन्नु सभापतिका आकांक्षीहरुका लागि क्षति नै हो । तर तत्कालको क्षति व्यहोरेर पनि देउवालाई अगाडि बढाउन सबै तयार भएका छौं । किनकि ओली सरकार रहँदा अझ ठूलो क्षति हुन्छ ।’

कांग्रेस केन्द्रीय सदस्य जीवन परियार पनि सरकार अल्पमतमा परेपछि प्रमुख प्रतिपक्षीले अग्रसरता लिनुपर्ने बताउँछन् । ‘साबिकको नेकपा, एमाले र माओवादी अलग भएपछि यो सरकार अल्पमतमा परिसक्यो’ उनले भने, ‘दोस्रो ठूलो दल कांग्रेसले पहिलो दल एमालेबाहेक अरुलाई मिलाएर सरकार बनाउन नेतृत्व लिनुपर्छ र मुलुकलाई सरकारविहीन हुने अवस्थामा पुग्न दिनुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here