दुई-पालिका-जोड्ने-पुलबाटै-बन्जी-सरर

कालीगण्डकी नदीको खोच कुस्मा र बाग्लुङ नगरपालिका जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्विङ र स्काई साइक्लिङलगायत साहसिक खेल सञ्चालन गरिएको छ । द क्लिफ प्रालिले १५ कात्तिकदेखि बन्जी सञ्चालनमा ल्याएको हो ।

०७३ देखि पुल निर्माण सुरु गरिएको थियो । पुलसँगै रिसोर्ट निर्माण ०७६ अन्तिममा सकिए पनि लकडाउनले सञ्चालनमा ल्याउन नसकिएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।

frontline

५ सय २५ मिटर लामो झोलुंगे पुलको बीचमा कालीगण्डकी नदीमाथी बन्जी र स्विङका लागि हाम फाल्ने पूर्वाधार निर्माण गरिएको छ । खोलादेखि पुलको उचाइ २ सय २८ मिटर छ ।

हाल विश्वकै अग्लो बन्जी मकाउमा ७ सय ६४ फिट र दोस्रो अग्लो स्वीट्जरल्यान्डको भरजस्का बाँधमाथि ७ सय २० फिट उचाइमा छ ।

बन्जी परियोजना स्वीट्जरल्यान्डलाई पछि पार्दै विश्वकै दोस्रो अग्लो हुनेछ भने यहाँको स्विङ विश्वकै अग्लो बनेको कार्कीले दाबी गरे ।

बन्जी र स्विङ दुवैको मूल्य ७ हजार तोकिएको छ । पोखरादेखि कुस्माको दुईतर्फी गाडी सुविधासहित बन्जी वा स्विङको ८ हजार ४ सय ५० रुपैयाँ र टेन्डम ९जोडी० स्विङ गर्न चाहनेले १२ हजार तिनुपर्नेछ ।

बन्जीका लागि निर्माण गरिएको पुलको उचाइ २ सय २८ मिटर र त्यसभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ ।

जमिनबाट १२ मिटर अग्लो पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरुले हल्लाइदिनुपर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर हुइँक्याइदिन्छ ।

बन्जी परिसरमै स्टिल कोर केबल प्रयोग गरी स्काई साइक्लिङ तयार गरिएको छ । विश्वकै सबभन्दा उचाइमा सञ्चालित कालीगण्डकी खोचको स्काई साइक्लिङ २ सय २८ मिटर अग्लो छ भने लम्बाइ ३ सय मिटर छ ।

साइक्लिङका लागि आवश्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले उपलब्ध गराउनेछ । साइकल र यात्री दुवैलाई सुरक्षा डोरीले अड्काइनेछ । लिकमा रेल गुडेझैं फिक्स ह्यान्डलयुक्त साइकललाई रोपमा कुदाइन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बाग्लुङ नगरपालिकाको बलेवामा २५ रोपनीमा द क्लिफ रिसोर्ट बनिसकेको छ । २१ सफारी टेन्ट रहेको रिसोर्टमा ७० आगन्तुक बास बस्न सक्छन् । परियोजनामा २० करोड खर्च अनुमान गरिए पनि लकडाउनले समयमै काम गर्न नसक्दा २८ करोड लागत पुगेको कम्पनीका अध्यक्ष कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here