दिल्लीमा मेट्रो ट्रेन खुल्यो

काठमाडौं । भारतको राजधानीमा नयाँ दिल्लीमा सोमबारदेखि मेट्रो ट्रेनको सेवा फेरि सुचालु गरिएको छ ।

कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल सेवा फेरि थालनी गरिएको हो ।

frontline

कोरोना संक्रमण बढेपछि लगाइएको लकडाउन बिस्तारै खोल्ने क्रममा गत १० मे मा रोक लगाइएको मेट्रो सेवा फेरि शुरु गरिएको हो ।

यद्यपि, अहिले भने ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउन अनुमति दिइएको छ ।

जोर बिजोर बार पारेर पसलहरु पनि खोल्न दिइएको तर सुरक्षाका उपायहरु भने पालना गर्नुपर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जनाएका छन् ।

दिल्लीमा गत अप्रिलमा दैनिक १० हजार नयाँ संक्रमित फेला परेको थियो भने आइतबार ३८१ जनामा मात्रै संक्रमण फेला परेको जनाइएको छ ।

बितेको २४ घण्टामा भारतभर एक लाख ६३६ जनामा संक्रमण देखिँदा २ हजार ४२७ जनाको मृत्यु भएको छ ।

भारतमा जम्मा संक्रमित भने अहिलेसम्ममा २ करोड ८९ लाख पुगेका छन् ।

मृत्यु हुनेको संख्या पनि ३ लाख ४९ हजार नाघेको छ ।

२३ करोड २७ लाखलाई खोप लगाइसकिएको पनि बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here