दिल्लीका सबै स्कूल, कलेज खोल्ने निर्णय

९ मंसिर, भारत । भारतको दिल्ली सरकारले २९ नोभेम्बरदेखि सबै स्कूल, कलेज खोल्ने निर्णय गरेको छ ।

बुधवार भएको समीक्षा बैठकमा स्कूल, कलेज, कार्यालय खोल्ने निर्णय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

frontline

तिहारपछि बढेको वायु प्रदूषणका कारण सरकारले स्कूल लगायत क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो । 

सरकारले निजी सवारीसाधन प्रयोगमा भने कडाइ गरेको छ । धेरै सवारीसाधन प्रयोग हुँदा प्रदूषण बढ्ने भएकाले सार्वजनिक यातायातमा यात्रा गर्न दिल्ली सरकारले निर्देश गरेको छ ।

आगामी २ दिनसम्म दिल्लीमा ट्रकलाई प्रवेश निषेध समेत गरिएको छ । सरकारले प्रदूषण नियन्त्रणका लागि थुप्रै काम गरिरहेको जानकारी सर्वाेच्च अदालतलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here