दिक्तेलमा पिएनसी घरभेट कार्यक्रमको सुक्ष्म योजना तथा अभिमुखिकरण शुरु
फ्रन्टलाइन, दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पिएनसी घरभेट कार्यक्रमको सुक्ष्म योजना तथा अभिमुखिकरण कार्यक्रम २०७७ शुरु भएको छ । बिहिबार सो कार्यक्रमको सुभारम्भ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा नगर उपप्रमुख बिणादेवी राइ, कर्मचारी लगायत सरोकारवाला निकाय, जनप्रतिनिधि एवम् स्थानियको उपस्थिती रहेको थियो । कार्यक्रम कार्यान्वयन भएपछि स्वास्थ्य क्षेत्रमा नगरपालिका अझै सफल हुने अपेक्षा नगरपालिकाले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्