दाहाललाई थापाको प्रश्न : गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन कायम राख्ने ?
— राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहालले गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन कायम राख्नु लाजमर्दो राजनीति भएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत थापाले २ पटक प्रधानमन्त्री भइसकेका दाहालले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र प्रधानमन्त्रीलाई ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको बताएका छन् ।
थापाले लेखेका छन्, ‘२ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओली लाई ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ। यस्तो गम्भीर आरोप लगाउने ,तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति ।’https://platform.twitter.com/embed/Tweet.html?creatorScreenName=kantipurdaily&dnt=false&embedId=twitter-widget-0&frame=false&hideCard=false&hideThread=false&id=1373885945410318337&lang=en&origin=https%3A%2F%2Fekantipur.com%2Fnews%2F2021%2F03%2F22%2F161640173929325064.html%3Ffbclid%3DIwAR3bq06zP22-KNCPiHlY50-lb9tRIZN5pE5GUwwoA55_E_avICRIjIRtJsU&siteScreenName=kantipurdaily&theme=light&widgetsVersion=e1ffbdb%3A1614796141937&width=550px
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार एउटा कार्यक्रममा ‘केपी शर्मा ओलीलाई २०/२५ वर्षदेखि हुर्काएको र पालित-पोषित गरेको’ बताएका थिए । ५६औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसका अवसरमा आयोजित कार्यक्रममा दाहालले भनेका थिए, ‘यो संविधान पनि सिध्याउन सक्ने केपी ओली नै रहेछन् । गणतन्त्र सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायलाई उनीहरूका हक अधिकारलाई सिध्याउन सक्ने, पहाडिया उच्चजातीय अहंकारवादको प्रतिनिधि र विदेशीका अगाडि राम्रै लम्पसार पर्न पनि सजिलै सक्ने, २०/२५ वर्षदेखि विदेशीहरूले हुर्काएको, पालित पोषित को हो भन्दै हेर्दै जाँदा सबैले केपी नै देखियो भनेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्न सक्ने पात्रका रूपमा केपीजीलाई साथ लिएका छन्। कति दिनलाई लिन्छन् मलाई थाहा छैन ।’
सर्वोच्च अदालतले फागुन २३ गते दुई खेमामा बाँडिएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को अस्तित्व रहन नसक्ने भन्दै त्यसअघिका नेपाल कम्युनिस्ट पार्टी(एमाले) र नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को अस्तित्व कायम रहने भनी फैसला गरेको थियो ।
उक्त फैसलापछि नेकपा एमाले र अन्य दल सत्ता समीकरण फेरबदलमा लागेका छन् । अहिले ओली दाहाल नेतृत्वको माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री छन् । तर एकीकृत पार्टी विधिवत् रूपमै आ–आफ्नो धारमा फर्किएपछि उनीहरूबीच सत्ता जोगाउने र भत्काउने प्रतिस्पर्धा सुरु भएको छ । माओवादी केन्द्रले सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरे पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, लेखराज भट्ट उद्योग तथा आपूर्तिमन्त्री, प्रभु साह सहरी विकासमन्त्री, मणि थापा खानेपानीमन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री छन् । उनीहरू माओवादी केन्द्रमा नफर्किने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्