दार्चुला पहिरोमा बेपत्ता तीनको शव फेला

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको छ ।

पहिरोमा च्यापिएर नौगाड गाउँपालिका–३ खार बस्ने २९ वर्षीय लक्ष्मण सितोली, ७२ वर्षीया गेउडी ठगुन्ना र उहाँकै तीन महिने नातिनी मञ्जरी ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

frontline

पहिरोमा परी बेपत्ता भएका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोले १८ वर्षीया हरमती ठगुन्नाको खुट्टामा चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको सूचना अधिकारी चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्

poster-here