दार्चुलामा ५ वर्षमुनिका १६८ बालबालिकालाई कडा कुपोषण

फाइल तस्बिर

५ साउन, दार्चुला । जिल्लाका ९ वटै स्थानीय तहमा ५ वर्षमुनिका एक सय ६८ जनामा कडा खालको कुपोषण देखिएको छ । जिल्लाका ६१ वडामा स्वास्थ्यकर्मी पुगेर ५ बर्षमुनिका बालबालिकालाई चेकजाॅच गर्दा कडा कुपोषण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरिका १३ हजार ४८ बालबालिकामध्ये ६ महिनादेखि ५ बर्ष मुनिका पाॅच हजार बढी कुपोषणको समस्यामा छन् ।

frontline

स्थानीय तहका स्वास्थ्य शाखाहरूले स्वास्थ्यकर्मी टोल–टोलमा खटाएर ५ बर्ष मुनिका जिल्लाभरीका ५ हजार दुई सय ५ जना बालबालिकाको स्वास्थ्य परिक्षण गर्दा एक सय ६८ जनामा कडा खालको कुपोषण पृष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाईजर बिरेन्द्रप्रसाद भट्टले बताए ।

उनका अनुसार शैल्यशिखर नगरपालिकामा ३५ बालबालिका, लेकम गाउपालिकामा ३५, नौगाड गाउपालिकामा ३५, ब्यास गाउपालिकामा २० , मार्मा गाउपालिकामा १५, मालिकार्जुन गाउपालिकामा १० र दुहु गाउपालिकामा ४ बालबालिकामा कडा खालको कुपोषण देखिएको छ ।

जिल्लालाई असार २४ गते मात्रै पूर्ण खोप जिल्ला र पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको थियो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्लामा १ सय ६८ बालबालिकाहरूमा कडाखालको कुपोषण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उमेर अनुसार खानाको व्यवस्था हुन नसक्नु, आमाले बच्चा छिटो पाउनु, पोषणयुक्त तथा भिटामिनयुक्त खानेकुराको उपलब्धता हुन नसक्दा बालबालिकामा कुपोषण देखिएको खोप सुपरभाईजर भट्टले बताए ।

त्यस्तै स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाहरूले टोल–टोलमा बालबालिकाको स्वास्थ्य परिक्षण गर्दा सबैभन्दा बढी नौगाड गाउपालिकामा एक सय ३३, शैल्यशिखर नगरपालिकामा एक सय १६, महाकाली नगरपालिकामा ८४, मार्मा गाउपालिकामा ८५, लेकम गाउपालिकामा ८२, मालिकार्जुन गाउपालिकामा ८०, ब्यास गाउपालिका ६३, दुहु गाउपालिकामा ५६ बालबालिकामा मध्यमखालको कुपोषणबाट पीडित भएका स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

स्वास्थ्य कार्यालय दार्चुलाको संयोजनमा जिल्लाका सबै स्वास्थ्यकर्मीहरूले जेड स्कोर अर्थात् उचाई अनुसार तौल मापन गरेर कुपोषित बालबालिकाका पहिचान गरेको थियो । स्थानीय तहका स्वास्थ्यकर्मीहरूले घर–घरैमै गएर बालबालिकाहरूको पोषणको अवस्था मापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here