दानबहादुर कार्कीको रिटमा बहस सकियो, केहीबेरमा आदेश आउँदै

निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि भएको सुनुवाइमा बहस सकिएको छ ।

सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो ।

frontline

उक्त सुनुवाइका क्रममा बहस सकिएको र केहीबेरमा आदेश आँदैछ ।

सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी आईजीमा बढुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here