दाङ,तुलसीपुरको छिल्लीकोट-पर्यटकको आकर्षक गन्तव्य

छिल्लीकोट हावापानी, घुमफिर र पर्यावरणीय दृष्टिकोणले निकै सुन्दर ठाउँ हो । यो ठाउँ ऐतिहासिक र धार्मिकरुपले परिचित छ । तुलसीपुरको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको छिल्लीकोट घुम्न जानेको सङ्ख्या पछिल्लो समय बढ्दो क्रममा छ । 
 
    छिल्लीकोटका राजा मेघनाथ शाहका पालामा बाइसेचौबिसे राज्य हुँदा शासन गरेको तीन जिल्लाको मालअड्डाका रुपमा यो क्षेत्रलाई चिनिन्छ । धार्मिक हिसाबले शिव पत्नी सतीदेविको कुम पतन भएको पीठका रुपमा पनि छिल्लीकोट चिनिँदै आएको छ । यहाँ रहेका मालिका र कालिका मन्दिर एतिहासिक महत्वका छन् । 

    छिल्लीकोटको अर्को विशेषता भनेको मालागेडीको वन पनि हो । विश्वकै दुर्लभ वनस्पति ९सुगन्धकोकिला०को वनका रुपमा पनि छिल्लीकोट प्रख्यात छ । सयौँ प्रजातिका चराको बासस्थान तथा हजारौँ जडीबुटीसहितका वनस्पति यहाँ पाइन्छ । 
  
     मालागेडीको जडीबुटी उत्पादन केन्द्र मानिएको छिल्लीकोट घुम्न  र होमस्टेमा रात बिताउँदै स्थानीय कला, संस्कृति बुझ्ने, स्थानीय परिकार खाने पनि बढ्दै गएको होमस्टे सञ्चालक समितिका अध्यक्ष परवीर पुनमगरले जानकारी दिए ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here