दाउन्ने बस दुर्घटना अपडेट: मृतक ५ जनाको पहिचान खुल्यो

नवलपुर :  पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुलेको छ।

बस दुर्घटनामा ज्यान गुमाउनेहरूमा भेरीगङ्गा नगरपालिका-३ (जाजरकोट) का ५० वर्षीय निर्जुङ खत्री, कोहलपुर नगरपालिका-३ (बाँके) का ३२ वर्षीय दीपेन्द्र के.सी., स्वामीकार्तिक खापर गाउँपालिका (बाजुरा) का ६५ वर्षीय नरेन्द्रराज गिरी, कोहलपुर नगरपालिका-१० (बाँके) का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका-७ (बाँके) का २२ वर्षीय कृष कनौजिया रहेका छन्।

frontline

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने अन्दाजी ४०–४२ वर्षका एक पुरुषको पहिचान खुल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here