दसैँ मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगाउँदा बेपत्ता

१९ असोज, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा दसैँ मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगाउँदा  बेपत्ता बनाएको  छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर(७, खाँचीकोट किटेनी निवासी तारा पौडेलका १० वर्षीय छोरा समीर पौडेललाई स्थानीय फर्ज्याङ खोलाले आज दिउँसो बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। 

frontline

पौडेलले एक छोरा र एक छोरी लिएर दसैँ मनाउन भूमिकास्थान–७, चिदिचौर जाने क्रममा खोला तर्न खोज्दा बालकलाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक  कृष्ण घिमिरेले जानकारी दिए।  

बच्चाको खोजी कार्य जारी रहे पनि आज रात परिसकेकोले भोलि पुनः खोजी गरिने प्रहरीले जनाएको छ। अर्घाखाँचीमा पानी परेपछि साना खहरे खोलाहरू बढेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here