दशैं दक्षिणाबाटै सुरु गर्न सकिन्छ लगानी, यी हुन् उपयुक्त विकल्प

४ कात्तिक, काठमाडौं । दशैंमा पाइने दक्षिणाबाटै तपाईंले लगानी गर्ने बानी विकास गर्न सक्नुहुन्छ । दक्षिणालाई नै लगानीको बिउ पूँजी बनाएर भविष्यमा त्यसबाट ठूलो लाभ पाउने अवसर खोजीमा हुनुहुन्छ भने केही विकल्प यहाँ प्रस्तुत छ ।

पहिलो विकल्प : म्युचुअल फन्ड

frontline

तपार्इंसँग जम्मा १ हजार रुपैयाँ छ भने पनि त्यो रकम म्युचुअल फन्डको इकाइ खरिद गरेर लगानी सुरुवात गर्न सक्नुहुन्छ ।

आजको लगानीले नै भविष्यमा ठूलो सम्पत्ति बनाउँछ । तसर्थ, लगानीको बानी विकासका लागि पनि म्युचुअल फन्ड उपयुक्त छन् । लगानीबाट आउने प्रतिफल, त्यो सम्पत्तिको मूल्य वृद्धिजस्ता पक्षबारे बुझ्न म्युचुअल फन्डबाटै सघाउ पुग्छ ।

म्युचुअल फन्डमा आम सर्वसाधारणलाई लगानी गर्न सजिलो हुन्छ । सेयर बजारबारे धेरै जानकारी नभएकाले पनि यसमा लगानी गरी पर्याप्त लाभ लिन सक्छन् । किनकि, म्युचुअल फन्ड सञ्चालन गर्ने योजना व्यवस्थापक कोषमा रहेका आर्थिक विशेषज्ञ, लेखा परीक्षक, आधारभूत तथा प्राविधिक विशेषज्ञहरूले लगानी तथा कारोबार निर्णय गर्छन् ।

मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीका अनुसार विश्लेषण क्रममा प्राविधिक भन्दा पनि आधारभूत विषयलाई प्राथमिकता दिइने गरिएको छ । केही कम्पनीका सेयर भने म्युचुअल फन्डले पनि कारोबारकै लागि किन्ने गर्छन् । ‘छोटो अवधिको कारोबारका लागि छुट्याइने फन्ड तुलनात्मक कम नै हुन्छ,’ उनले भने ।

प्रतिइकाइ अंकित मूल्य १० रुपैयाँ हुने म्युचुअल फन्ड कम्तीमा १ सय इकाइ किनेर लगानी सुरुवात गर्न सकिन्छ । हाल बजारमा १० रुपैयाँभन्दा कम मूल्यमा पनि म्युचुअल फन्डका इकाइ खरिद गर्न सकिन्छ । घरमै बसेर ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बाट म्युचुअल फन्ड आफैं किन्न सकिन्छ ।

म्युचुअल फन्डका इकाइ बिक्री गरेर जम्मा हुने रकम विभिन्न कम्पनीका सेयर, ऋणपत्र जस्ता धितोपत्रमा लगानी हुन्छ । अर्थात्, म्युचुअल फन्डले संकलन गरेको रकम विविध क्षेत्रमा लगानी गर्छन् । त्यसरी लगानीबाट आएको नाफा इकाइधनीलाई दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here