दल विभाजनसम्बन्धी विधेयक ल्याए प्रतिवाद गर्ने एमालेको चेतावनी

मंगलबार, काठमाण्डु । नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश नल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले दल विभाजनसम्बन्धी विधेयक ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

frontline

सरकारले संसद अधिवेसन अन्त्य गरेर अध्यादेश ल्याउन लागेको भन्दै एमालेका नेताहरुले विरोध गरिरहेका छन् ।

विधेयक ल्याय लोकतान्त्रिक विधिबाट समाधान खोजिने प्रवक्ता प्रदीप ज्ञावालीले बताए ।

उनले २० प्रतिशतले नै पार्टी फुटाउन सक्ने गरी सरकारले अध्यादेश ल्याउने निर्णय गरिसकेको सूचना आफूहरुमाझ आएको बताए ।

‘संसद अधिवेशनलाई आकस्मिक रुपमा अन्त्य गरेर पार्टी विभाजनका लागि अध्यादेश ल्याउने, प्रमुख प्रतिपक्षी दलका केही अराजक र पदलोलुप व्यक्तिहरुलाई विभाजनका लागि वैधानिक आधार प्रदान गर्ने र लोकतान्त्रिक प्रणालीभित्र चरम विकृति र भ्रष्टता भित्र्याउने तयारी जुन गरिएको छ ।

यो विषय अत्यन्त आपत्तिजनक, निन्दनीय र अस्वीकार्य छ,’ प्रवक्ता ज्ञावाली भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here