दमकलको खर्च धान्नै मुश्किल गोरखा नगर

गोरखा नगरपालिकाले दमकल किनेको ५ वर्ष भयो । यो अवधिमा लक्ष्मीबजारस्थित एक घरको आगो निभाउनबाहेक यसको प्रयोग हुन सकेको छैन ।

पाँच बर्षको अन्तरालमा जिल्लामा आगलागीका धेरै घटना भएका छन् । हिजोआज नगर क्षेत्रमै दिनहुँजसो वन डढेलोको घटना भइरहेका छन् । तर जिल्लाबासीले दमकलको साथ पाएका छैनन् । मेयर कृष्ण रानामगर सडकका कारण दमकल पठाउन नसकेको बताउँछन् । ‘दमकल ठूलो भयो तर बाटो साँघुरो’, उनी भन्छन्, ‘बाटोकै कारण सबै ठाउँमा दमकल पुग्न सक्ने अवस्था छैन ।’

frontline

सञ्चालनमा नआएपनि दमकलका नाममा नगरपालिकाको बजेट खर्च भइरहेको छ । महिनामा कम्तीमा एक सय लिटर डिजल खर्च हुने कार्यालयका वातावरण अधिकृत धु्रव प्रसाद घिमिरेले बताए । ‘दमकल प्रयोग नभएपनि बिहान एकपटक केहीबेर स्टार्ट गरेर छाड्नुपर्छ, त्यसकै लागि भएपनि डिजेल चाहिन्छ’, उनले भने । नियमित ‘सर्भिसिङका’ लागि पनि खर्च व्यवस्थापन गर्नुपर्ने उनले जानकारी दिए ।

भारत सरकारको सहयोगमा प्राप्त दमकलको इन्धन र मर्मतमा लाखौं रकम खर्च भइसकेको छ । एकैपटक करिव १३ लाख रुपैयाँ खर्चेर दमकल मर्मत गरिएको घिमिरे बताउँछन् । उनी भन्छन्, ‘ल्याएको केही समय नगरपालिकामै बस्यो, त्यसपछि मर्मत र तेल खर्च नगरपालिकाले दिने शर्तमा सशस्त्र प्रहरी बलले सञ्चालन गर्न लग्यो तर प्रयोगमा नआएपछि दमकलमा समस्या आयो । समस्या आएपछि हामीलाई फिर्ता गर्‍यो, करिव १३ लाख खर्चेर हामीले मर्मत गर्‍यौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here