दक्षिणकाली नगरपालिकाका नगर प्रमुख र उपप्रमुखले प्रयोग गर्दै आएको सवारीहरु एम्बुलेन्सको रुपमा प्रयोग

कोरोना माहमारिको अबधिभर दक्षिणकाली नगरपालिकाका नगर प्रमुख र उपप्रमुख दुबै जनाले आफुले प्रयोग गर्दै आएको सवारीहरु एम्बुलेन्सको रुपमा प्रयोग गर्दै आएको छ ।

दिनानुदिन कोरोना संक्रमित संख्या बढे संगै अस्पतालमा भर्ना गरि उपचार गर्नु पर्ने बिरामी संख्या पनि थपिरहेको यो परिस्थितिमा आदरणीय नगर प्रमुख र उपप्रमुख चल्नाखेल स्थित स्वास्थ्य केन्द्रमा बनाइएको आइसोलेसन पुगि बिरामिहरुको अवस्था बारे जानकारी लिनु भएको छ । साथै उक्त आइसोलेसनमा थप १५ शैया थपी ३० शैयाको अक्सिजन सहितको आइसोलेशन तयारी बारे पनि डा. रोशन गैरे संग छलफल गरिएको छ । अब भने उक्त आइसोलेसन ३० शैयाको हुने भएको छ ।

frontline

नगर प्रमुख मोहन बस्नेतका अनुसार अक्सिजन उत्पादनमा सहज होस् र गुणस्तरीय उत्पादनमा कमी नआवस् भन्ने उदेश्यका साथ दक्षिणकाली नगरपालिकाले आवश्यक पानीको सहजिकरण र व्यवस्थापन गरेको हो ।

उप-प्रमुख बसन्ती तामाङले अक्जिन प्लान्ट प्रोडक्सनलाई पानीको समस्या तथा आवश्यक्ता भएका कारण उनीहरुको आवश्यक्ता र माग अनुसार पानीको व्यवस्था गरिएको जनाईन् । अझ बढि उत्पादनमा सहजता होस् भनेर नगरले सो व्यवस्थापन गर्ने भएको समेत उनले जानकारी गराईन् ।

कार्यक्रममा वडा नं १ का वडाध्यक्ष जय थापा मगर, चाल्नाखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेश परियार, लगायत अन्य जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कोरोना माहामारी रोकथाम, नियन्त्रण तथा सहजताको लागि थप सहयोग पुग्ने उदेश्यले दक्षिणकाली नगरपालिका र चाल्नाखेल खानेपानी उपभोत्ता समितिको सहकार्यमा नगरभित्र संचालनमा रहेको सीता अक्जिन प्लान्ट प्रोडक्सनलाई पानीको सहजता गराईने भएको हो ।

दक्षिणकाली नगरपालिकाका नगर प्रमुख र उपप्रमुख दुबै जनाले आफुले प्रयोग गर्दै आएको सवारीहरु एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । आवश्यक परेमा तपशिलको सम्पर्क नम्बरहरुमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

राजु खड्का : 9841046304 नरेन्द्र तामाङ : 9803460029

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here