थाइल्यान्ड–कम्बोडिया सैन्य झडपमा कम्तीमा १२ जनाको मृत्यु
News Summary
Generated by OK AI. Editorially reviewed.
- थाइल्यान्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
- थाइल्यान्डका स्वास्थ्य मन्त्रीले झडपमा एकजना सैनिक र ११ जना सर्वसाधारणको मृत्यु भएको बताएका छन्।
- सुरिन प्रान्तमा दुई जना, उबोन रत्चथानी प्रान्तमा एक जना र सीसाकेत प्रान्तमा आठ जना सर्वसाधारणले ज्यान गुमाएका छन्।
८ साउन, काठमाडौं । थाइल्यान्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।
बीबीसीले थाइल्यान्डका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै झडपमा एकजना सैनिक र ११ जना सर्वसाधारणको मृत्यु भएको उल्लेख गरेको छ ।
थाई अधिकारीहरूको प्रतिवेदनअनुसार, सुरिन प्रान्तमा एक आठ वर्षीय बालकसहित दुई जना सर्वसाधारणको मृत्यु भएको छ ।
त्यस्तै उबोन रत्चथानी प्रान्तमा एक जना सर्वसाधारणको मृत्यु भएको छ भने सीसाकेत प्रान्तमा आठ जना सर्वसाधारणले ज्यान गुमाएका छन्।






प्रतिक्रिया दिनुहोस्