थाइल्यान्डको खाडीमा तुफानका कारण युद्धपोत पल्टिँदा ३१ जना बेपत्ता

४ पुस, बैंकक । थाइल्यान्डको खाडीमा आएको तुफानका कारण एक सय बढी व्यक्ति सवार एउटा युद्धपोत पल्टिँदा ३१ जना बेपत्ता भएका छन् ।

आइतबार राति भएको दुर्घटनामा ७५ जनााई सकुशल उद्धार गरिएको स्थानीय सरकारी निकायले जनाएको छ । 

frontline

नौसेनाका एकजना प्रवक्ताले बेपत्ताहरूको खोजिकार्य जारी रहेको जानकारी दिएका छन् । वायु सेनाको सहयोगमा रातिदेखि नै बेपत्ताहरूको खोजी भइरहेको छ ।  नौसेनाले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्ने जनाएको छ ।

उद्धार गरिएका केही व्यक्तिलाई हेलिकप्टरमा राखेर अस्पताल पुर्‍याइएको छ । नाम नुखुलाइएका एकजना उद्धार गरिएका यात्रुले आफूले घन्टौँ समय पानीमा बिताएको बताएका छन् । बिबीसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here