त्रिशुली नदीले बगाएर तीन दिनदेखि आमाछोरा बेपत्ता

२१ असार, नुवाकोट । नुवाकोटको ढोडेनीबाट त्रिशुली नदीले बगाएर तीन दिनदेखि आमाछोरा बेपत्ता भएका छन्। दुवै जनाको खोजी कार्य भइरहेको छ।

विदुरदेखि १५ किलोमिटर दक्षिणमा रहेको बिदुर नगरपालिका ३ ढोडेनी घर भएका आमाछोरालाई त्रिशुली नदीले बगाउँदा शनिबार दिउँसोदेखि बेपत्ता भएकोमा खोजी कार्य जारी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

frontline

स्थानीय पूर्णलाल श्रेष्ठको छोरा र उनकी श्रीमती त्रिशुलीले बगाएर दुई दिनदेखि बेपत्ता रहेकामा खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

७ वर्षीय युनिक श्रेष्ठ नदी किनारमा खेल्ने क्रममा त्रिशुली नदीले बगाएसँगै उनलाई बचाउन गएकी नजिकै काम गरिरहेकी आमालाइसमेत त्रिशुलीले बगाएकोमा दुई दिन वितदासमेत उनीहरुको वास्तविक अवस्थाको पहिचान हुन नसकेको खड्काले जानकारी दिए।

नदीले बगाएपछि छोरालाई बचाउन गएकी ३२ वर्षीय सन्जिता श्रेष्ठलाई समेत त्रिशुली नदीले सिर्खाली भन्ने स्थानबाट बगाई बेपत्ता बनाएकोमा खोजी कार्य जारी रहेको खड्काले बताए।

उनका अनुसार नदीले बगाएको जानकारी आउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विपत ब्यवस्थापन वेसक्याम्प नुवाकोटको टोली उक्त नदीमा पुगेर खोजतलास कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here