त्रिविद्वारा स्नातकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्सको प्रश्नपत्रमा लापरबाही

१९ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्सको प्रश्नपत्रमा लापरबाही गरेको पाइएको छ ।

मानविकी संकायअन्तर्गत डिन कार्यालयले पोहोर र यसपाली हुबहु प्रश्न साधेको छ । बुधबार लिएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले पोहोरकै प्रश्नपत्र दोहोर्‍याएको छ ।

frontline

६० पूर्णाङ्कको परीक्षामा दुई खण्डमा सोधिएका १३ वटा प्रश्न हुन्छन् । ती सबै प्रश्न पोहोर सालका प्रश्नसँग हुबहु मिलेको छ ।

त्रिविको केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख शिव अधिकारीले पढाउने विषयको प्रश्नपत्र नै हुबहु भएको हो । प्रमुख अधिकारीले प्रश्नपत्र बैंकबाट छनौट गर्दा पुरानो प्रश्नपत्र परेको बताए ।

‘हामीसँग प्रश्नपत्रको बैंक हुन्छ, त्यसबाट नयाँ र पुरानो मिसाएर प्रश्नपत्र तयार गरिन्छ,’ उनले भने, ‘परीक्षा हुनु केही दिनअघि प्रश्नपत्र बैंकबाट एउटा प्रश्नपत्र छनौट गरिन्छ । ¥यान्डम्ली प्रश्नपत्र छनोट गर्दा पोहोरकै परेछ ।’

कोर्स बाहिरको प्रश्न नभएकोले प्रश्नपत्र दोहोरिनु समस्या नभएको उनले जिकिर गरे । ‘सिद्धान्ततः प्रश्नपत्र दोहोरिनु हुँदैन भन्ने कतै छैन ।

तर, सेट नै दोहोरिएको हुँदा प्रश्न उठ्यो’, उनले भने, ‘विद्यार्थीले परीक्षा दिइसकेपछि मात्रै हुबहु दोहोरिएको भन्ने थाह भएकोले परीक्षा स्थगित हुँदैन ।’

एकै किसिमका प्रश्न भए पनि मूल्यांकन प्रक्रियामा समस्या नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here