‘त्यो पर्दैन’ भन्ने जवाफ को रिट प्रधानन्यायाधीश जबराको इजलासमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथ ग्रहण गर्नुपर्ने माग राख्दै दायर भएको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा परेको छ ।

मंगलबार उक्त रिटमाथिको सुनुवाई प्रधानन्यायाधीश जबराको इजलासमा परेको हो । उनको इजलाशले प्रधानमन्त्री ओलीले पुनः शपथ लिनुपर्ने वा नपर्ने भन्ने विषयको टुंगो लगाउनेछ ।

frontline

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई गराएको शपथ ग्रहणविरुद्ध सर्वोच्चमा सोमबार रिट दर्ता भएको थियो ।

राष्ट्रपति भण्डारीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्य उच्चारण गर्न पटक–पटक दोहोर्याउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्ने जवाफ दिएका थिए ।

उनले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ र ‘ईश्वर’ भन्ने शब्द छुटाएका थिए ।

त्यस्तै सांसद रहेका सात जना मन्त्रीको विषयमा दर्ता भएको मुघाको सुनुवाई प्रधानन्यायाधीशको इजलासमा हुनेछ । सांसद पदमा नरहेका व्यक्तिलाई मन्त्रीमा नियुक्त गरेको भन्दै अधिवक्ता ज्ञवाली, अधिवक्ताहरु ओली र भण्डारीले बदर गर्न माग गरेका थिए ।

माओवादी केन्द्र परित्याग गरे नेकपा एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र दावा तामाङलाई मन्त्री बनाएको भन्दै सर्वोच्चमा रिट दायर भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here