तुइन तर्ने क्रममा खस्दा महाकाली नदीमा एक जना बेपत्ता
२२ असार, दार्चुला । तुइन तर्ने क्रममा खस्दा महाकाली नदीमा एक जना बेपत्ता भएका छन् । दार्चुलाको ब्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार तुइन तर्ने क्रममा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन्।
तर्ने क्रममा तुइन चुँडिएपछि बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। भारत-नेपाल आउजाउ गर्न तुइन तर्नैपर्ने हुन्छ।
गत वर्षको साउन १५ मा सोही ठाउँमा तुइन तरेर भारत जाने क्रममा खसेर जयसिंह धामी पनि बेपत्ता भएका थिए।
प्रतिक्रिया दिनुहोस्