तीन महिना भित्र गौतमबुद्ध विमानस्थल उद्‌घाटन गर्छौं : मन्त्री आले

फाइल तस्बिर

१६ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी तीन महिना भित्र गौतमबुद्ध विमानस्थल उद्‌घाटन गर्ने घोषणा गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सबका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेको छ ।

frontline

भैरहवा रुट दिन भारतले आनाकानी गरेको भन्दै यसलाई छिट्टै टुङ्ग्याइने उनले बताए। जनवरी २०२२ भित्र क्यालिब्रेसन उडान गर्ने तयारी रहेको समेत प्राधिकरणले जानकारी गराएको छ । मन्त्री आलेले तोकिएको समयमा काम पूरा गर्न निर्देशन दिए ।

उनले युरोपेली युनियनको कालोसूचीबाट हट्ने गरी काम गर्न समेत निर्देशन दिए । उनले नेपाल वायुसेवा निगमलाई जहाज खरिदको प्रक्रिया अगाडि बढाउन आफूले निर्देशन दिएको जानकारी दिए ।

प्राधिकरणको वार्षिकोत्सबमा केही हाकिम नआएको भन्दै उनीहरुमाथि निगरानी गर्ने चेतावनी मन्त्री आलेले दिए । उनले भने ‘निगरानी छ कतिपयलाई, यो धन्दा अरुसँग गर्नुहोला, प्रेम आलेसँग होइन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here