तीन डीआईजीको बढुवा सिफारिस लोकसेवाद्धारा सदर

१७ चैत, काठमाडौं । लोकसेवा आयोगले नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा गर्न सरकारले गरेको सिफारीसलाई सदर गरेको छ ।

वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीले लोकसेवा आयोगमा उजुरी दिएपछी उनिहरुको बढुवा रोकिएको थियो ।

frontline

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो ।

उक्त सिफारिसप्रति नेपाल प्रहरीभित्र असन्तुष्टि छाएको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा समेत त्यसमा असन्तुष्ट छन् ।

वरियतामा अघि रहेका कार्कीसहित बसन्त लामा र उत्तम सुवेदीलाई छोडेर पन्त धानुक र सिंहलाई एआईजी बढुवाका लागि सिफारिस गरिएको थियो ।

लोकसेवाले गृहमन्त्रालयले नै गरेको सिफारिसलाई सदर गरेपछी सरकारलाई बढुवाका लागि बाटो खुलेको हो । नेपाल प्रहरीमा वैशाखपछी यही व्याचबाट नयां नेतृत्व चयन हुंदैछ ।

जसमा यसअघि बढुवा भएका एआईजी विश्व पोखरेल र सहकुल थापा आईजीपीका लागि प्रमुख दावेदार छन् । त्यसैगरी सिंह र धानुक समेत बढुवापछी आईजीपी बन्ने लाइनमा आउनेछन् ।

पोखरेल र थापालाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दरबन्दी सिर्जना गरेर एआईजीमा बढुवा गरेको थियो ।

सिंह र धानुकको हकमा समेत दरबन्दी सिर्जना गरिएको हो । उनिहरु दुवै जनाको वर्तमान सरकार र निकट व्यवसायीहरुसंग राम्रो सम्बन्ध रहेको स्रोत बताउंछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here