तीन कारागारका कैदीबन्दीका लागि उच्च अदालत पाटनद्वारा पुस्तक सहयोग

श्रोत : ईन्टरनेट

बुधवार, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं उपत्यकाका तीन कारागारका कैदीबन्दीका लागि पुस्तक उपलब्ध गराएको छ।

कैदीबन्दीलाई न्यायको पहुँच पुर्‍याउन उच्च अदालत पाटनले किताब उपलब्ध गराएको हो।

frontline

मंगलबार ललितपुरस्थित नख्खु कारागारमा भएको एक कार्यक्रमबीच पाटनका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले कारागार व्यवस्था विभागका महानिर्देशक जनकराज दहाललाई किताब हस्तान्तरण गरेका हुन्।

कारागारमा किताब वितरण अभियान अन्तर्गत अदालतका कार्यालय सहयोगीदेखि न्यायाधीशसम्मले कैदीहरूका लागि रकम संकलन गरी किताब उपलब्ध गराएको रजिष्ट्रार सिंहले बताए।

सामान्य कार्यालय सहयोगीदेखि न्यायाधीशहरूले कैदीबन्दीहरूलाई किताब उपलब्ध गराउन पर्छ भनेर रकम उठाएर किनेका हौं,’ सिंहले भने।

अदालतका कर्मचारीहरूले झण्डै १० लाख रकमको किताब किनेको छ। त्यसबाट किनेका ती किताबहरू काठमाडौंका तीन वटा कारागारमा उपलब्ध गराउन लागेको हो।

सुन्धारास्थित केन्द्रीय कारागार, डिल्लीबजार कारागार र नख्खु कारागारको लागि किताब उपलब्ध भएको हो।  

उप-रजिष्ट्रार तथा प्रवक्ता अमृताकुमारी शर्माका अनुसार सुन्धाराको लागि ६५३, नख्खुको लागि ६४८ र डिल्लीबजारको लागि ४१२ वटा किताब दिइएको हो।

साथै किताब किन्दा बाँकी भएका रकमले कैदीबन्दीहरूको माग बमोजिम किताब किनेर उपलब्ध गराउन सकिने रजिष्ट्रार सिंहले बताए। किताबसँगै अदालतका रजिष्ट्रारहरूको नम्बर पनि उपलब्ध गराइएको हो।  

‘कैदीबन्दीहरूले आफ्नो मुद्दाको फैसला के भयो, पेसी थियो के भयो भनेर बुझ्न चाहनुहुन्छ भने तपाईंले सिधै रजिष्ट्रारहरूलाई फोन गरी बुझ्न सक्नुहुन्छ। न्यायमा पहुँच भन्ने उद्देश्यले यस्तो गरेका हौं,’ सिंहले भने।

कैदीबन्दीहरूले नेपालको संविधान, मुलुकी अपराध संहिता, साहित्यिक, मनोरञ्जन लगायतका किताबहरू उपलब्ध गराइएको हो। यस्ता किताबले कैदीबन्दीहरूमा सकारात्मक सोचको भाव उत्पन्न हुने उद्देश्यले उपलब्ध गराइएको हो।

यो कामले न्यायालय र कैदीबन्दीबीच पुल निर्माण हुने रजिष्ट्रार सिंहले बताए।

यसअघि पनि महान्यायाधीवक्ता कार्यालयले किताब सहयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here