तीनजना पक्राउ :अपहरण पश्चात् हत्या गरी फरार रहेको

लहान । अपहरणपश्चात् हत्या गरी फरार रहेको आरोपमा तीनजनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

सिरहाको बरियारपट्टी गाउँपालिका–४, सोहपुर निवासी अनिषकुमार सिंहको अपहरणपश्चात् हत्या गरी फरार रहेको आरोपमा बरियारपट्टी–४, तेनुवापट्टी निवासी ३९ वर्षीय जयराम साह, ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

frontline

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फरार रहेका तीनैजनालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

वि.सं. २०७५ वैशाख २९ गते अनिषकुमार सिंहलाई घरबाट अपहरण गरी घाइते बनाइएका उनको उपचारका क्रममा २०७६ जेठ १ गते मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

poster-here