तिहारमा पनि मादल नबिकेपछि ओखलढुंगाका वादी समुदाय चिन्तित

१८ कार्तिक, काठमाडाैं: तिहारको समयमा पनि मादल नबिकपछि ओखलढुंगाका वादी समुदाय चिन्तित रहेका छन् । कोरोना महामारीको यो समयमा सरकारले देउसी भैलोमा समयसिमा लगाए पछि मादलको बिक्रीमा कमी आए संगै बादी समुदाय चिन्तित भएका हुन् ।

कोरोना भाइरसका कारण नयाँ मादल बिक्री र पुरानो मादल मर्मतको काम ठप्प भएपछि मादल बिक्री गरेर दशैँको ऋण तिर्ने, तिहार मनाउने र बचेको रकमले जीवन निर्वाह गर्ने योजना बनाए पनि यसवर्ष मादलको कारोबार नभएपछि उनीहरुको चिन्ता चुलिएको हो ।

frontline

अघिल्ला वर्षहरुमा तिहारको सिजनमा प्रतिघर २० वटा भन्दा बढी नयाँ मादल र उति नै संख्यामा मर्मत गर्ने गरेको भए पनि यो वर्ष मादलको माग नै नभएको र कारोबार नै नभएको सिद्धिचरण नरपालिका २ ठूलाछापका वादी समुदायका धनबहादुर सार्कीले बताउनु भयो ।

मादल बेचर ५० हजारभन्दा बढी कमाउँदै आएको भए पनि योसाल कमाई साेचे जस्ताे नरहेको उहाँको भनाई छ । केहीवर्ष कोरोना भाइरसका कारण देउसी भैलोमा प्रतबन्ध लागेपछि उनीहरुले बनाएका मादल बिक्री नै नभएको र पुराना मादल मर्मतको काम पनि छिटपुट मात्रै आएको विलन्दुका काले सार्कीले बताउनु भयो ।

यो सिजनमा मादल बनाउन भ्याइनभ्याइ हुने भए पनि अहिले फुर्सदिलो जस्तै भएर बस्नु परेको काजीबहादुर चर्मकारको भनाई छ ।

केही वर्ष अघि सम्म तिहारमा ५० देखि ७० वटा र अरू समयमा गरि वर्षमा १०० भन्दा बढी मादल बिक्री गर्ने गरेकाे भए पनि काेराेना महामारीका कारण गत वर्षदेखि मादल बिक्री हुन छाडे पछि परिवार कसरी चलाउने भन्ने चिन्तामा रहेकाे पलापुका कुमार साकीर्ले बताउनु भयाे ।

ओखलढुंगा जिल्लामा टारकेराबारी, विलन्दु, भदौरे, ज्यामिरे, लामीडाँडा, ठूलाछाप, मानेभञ्ज्याङ, पलापु, सिस्नेरी लगायतका ठाउँमा बसोबास गर्दै आएका सार्की (वादी) समुदायले मादल बनाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here