तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको कार्यकक्षमा ताला

१ साउन, तिलोत्तमा । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा जनप्रतिनिधिले ताला लगाइदिएका छन् ।

नगर सभामा विवाद बढ्दै जाँदा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले एक पक्षीय ढंगले काम गरेको भन्दै उप–प्रमुख जागेश्वरी चौधरीको नेतृत्वमा गएका जनप्रतिनिधीले ताल लगाइदिएका हुन् ।

frontline

तिलोत्तमा नगरपालिकाको १२ औं नगर सभाको आइतबार बसेको चौथो बैठकको उपस्थिति र गणपूरक संख्यामा ज्ञवालीको भूमिका विवादास्पद रहेको एमाले निकट जनप्रतिनिधीको आरोप छ ।

उपप्रमुख चौधरीले प्रशासकीय अधिकृत ज्ञवालीले नियोजित रुपमा नगरसभाका एकै दिनका बैठकमा अलग अलग उपस्थीति गराउने गरेको आरोप लगाईन् ।

हामीले उपस्थीति गरेको उपस्थीति पुस्तिका गायब पारेर प्रशासकीय अधिकृत ज्ञवालीको योजनामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुको मात्रै उपस्थीति तयार गरी हस्ताक्षर गराएकोले नैतिक हिसाबले ज्ञवाली नगरपालिकाको प्रशासकीय अधिकृत स्वीकार्य नहुने चौधरीेले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here