तालीवानी बिद्रोहीद्वारा महिला प्रहरीको हत्याको आरोप

श्रोत : ईन्टरनेट

एजेन्सी । अफगानिस्तानमा सत्ता सम्हालेको तालीवानी बिद्रोहीमाथि एक महिला प्रहरीको हत्या गरेको आरोप लागेको छ ।

आठ महिनाकी गर्भवती ती महिला सुरक्षाकर्मीको घरमै प्रवेश गरेर बन्दुकधारी समूहले उनका श्रीमान र छोराछोरीको सामुन्न हत्या गरेको हो ।

frontline

ती महिलाको पारिवारिक श्रोत र प्रत्यक्षदर्शीहरुले भने तालीवानले नै हत्या गरेको दाबी गरेको छ । गोली हानी हत्या गरिएकी ती महिलाको शरीर र अनुहार समेत क्षत बिक्षत पारेको जनाइएको छ ।

स्थानीय कारागारमा कार्यरत ती महिला सुरक्षाकर्मीको किन हत्या गरियो भन्ने खुलेको छैन । अफगानिस्तानमा पछिल्लो समय अधिकार माग गर्दै महिलाहरुले गरेको प्रदर्शनमा उनी संलग्न भएको आशंकामा मारिएको हुन सक्ने जनाइएको छ ।

ती महिलाको शवको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । तालीवानले भने घटनाबारे अनुसन्धान गर्ने बताएको छ ।

यसैबीच तालीवानले महिला अधिकारको समर्थनमा भएको प्रदर्शनमा संलग्नहरुलाई खोजी खोजी कारबाही गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here