तालिवानद्वारा महिला कर्मचारीलाई घरमै बस्न निर्देशन, पुरुष कर्मचारी काममा नफर्किए जागिरबाट निश्कासन गर्ने चेतावनी

काबुल । अफगानिस्तानमा तालिवान सरकारले महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको छ । ‘अनुकूल वातावरण नहुन्जेल’ भन्दै तालिवानले अर्थ मन्त्रालयका महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको हो । तर, पुरुष कर्मचारीलाई भने काममा फर्किन भनिएको छ ।

पुरुष कर्मचारी काममा नफर्किए उनीहरुलाई जागिरबाट निश्कासन गर्ने चेतावनी दिएको छ । एक तथ्यांकअनुसार अफगानिस्तानमा ४ लाख सरकारी कर्मचारी छन् । ती मध्ये एक लाख २० हजार महिला छन् । अधिकांश महिला कर्मचारी शिक्षा क्षेत्रमा छन् । त्यस्तै, करिब ५ हजार महिला कर्मचारी सुरक्षा क्षेत्रमा छन् ।

frontline

यसैबीच, तालिवानले अफगान राष्ट्रपतिको कार्यलयमा आफ्नो झण्डा फहराएको छ । तालिवानले राजधानी काबुलको सुरक्षा सतर्कता कडाइ पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here