तारकेश्वर वडा नं. १० को प्रशासनिक भवनको संसाद र मेयरले गरे शिलान्यास

तारकेश्वर वडा नं. १० को प्रशासनिक भवनको शिलान्यास भएको छ । तारकेश्वर नगरपालिकाको ७० लाख बजेट र संघीय सांसद् कोषको २० लाख गरी ९० लाखमा  लोकतान्त्रिक चोकमा बन्ने भवनको शिलान्यास संघीय सांसद् भिमसेनदास प्रधान र तारकेश्वर नगर प्रमुख रामेश्वर बोहोराले  संयुक्त रूपमा गर्नुभएको छ ।वडा नं. १० का अध्यक्ष अमृत थापाकाअनुसार नयाँ बन्ने भवनमा भुई तलामा १० बेडको शहरी स्वास्थ्य केन्द्र, दोस्रोमा वडा कार्यालय र तेस्रोमा कार्यक्रम हल निर्माण हुनेछ ।

उपभोक्ता समितिलाई आर्थिक वर्ष २०७७/७८ मै निर्माण सक्ने गरी कामको जिम्मा दिइएको छ ।भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथि भिमसेनदास प्रधान, विशेष अतिथिमा नगर प्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव लम्साल, नेकपा तारकेश्वरका अध्यक्ष लवकुमार बस्नेत, नेपाली काँग्रेसका वडा नं. १० का सभापति कुमार राई, वडा सचिव बेदु सुवेदी लगायतका वडा नं. १० का जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा टोल सुधार समिति र महिला समूहको पनि उपस्थिति रहेको थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन तारकेश्वर

poster-here