तारकेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जिसस काठमाडौंको १० करोड
तारकेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जिसस काठमाडौंले १० करोड सहयोगका लागि सम्झौता भएको छ ।
कुल लागत रकम रु १७ करोड १ लाख ५० हजार ४८४ रुपैया ८५ पैसाको लागतमा निर्माण हुने सो भवनका लागि जिसस काठमाडौंले १० करोड उपलव्ध गराउने सम्झौता गरिएको हो ।
जिसस काठमाडौंको कार्यालयमा जिसस काठमाडौंका प्रमुख शिबसुन्दर राजवैद्यज्यु र तारकेश्वर नगरपालिका नगरप्रमुख रामेश्वर वोहरा को उपस्थितिमा सम्झौता भएको हो ।
सो अवसरमा जिसस काठमाडौं उपप्रमुख सरिता दाहाल र तारकेश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेल ९भानु ० को पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्