तातोपानीकाे मुहान संरक्षण गर्दै शिवराज नगरपालिका कपिलवस्तु-उपप्रमुख शिवकुमारी

कपिलवस्तुको चन्द्राैटा बजार देखि करिब १२ किलाेमिटर लाेकमार्ग हुँदै पहाडकाे बीच भागमा अवस्थित छ सुरइ बृज नजिकै तलतिर १६८ खुड्किला तल झरेपछि पुगिन्छ तातोपानी मुहान । शिवराज नगरपालिका-१ अन्तर्गत पर्ने सुरइ तातोपानी मुहानलाई केही बर्षदेखि नगरले संरक्षण गर्दै आएकाे छ । लामाे समयदेखि ओेझेलमा परेकाे तातोपानी संरक्षणकाे पर्खाइमा रहेकाे स्थानीयले बताउँछन् । विगत ३/४ बर्ष यता शिवराज नगरपालिकाले निगरानी गर्दै आउनुका साथै संरक्षणका लागि बजेट समेत विनियोजन गरि निर्माण कार्यमा समेत उल्लेखनीय याेगदान पुर्‍याउँदै आएकाे नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिए ।

यस्तै शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले तातोपानी मुहानकाे आफूले पटकपटक अनुगमन गरि संरक्षणका लागि जाेडदार माग गर्दै आएकाे बताइन् । प्रत्येक बर्ष माघ महिनामा दाङकाे रिहार अवस्थित कुण्ड जस्ताे सुरइ तातोपानी मुहानलाई बनाउन सके पर्यटकीय गन्तव्य बनाउन सक्ने बताएकी छन् । मुहानसँगै पिक्निक स्पाेर्ट बनाउन सके अझै रमणीय स्थान बन्ने विश्वास समेत उनले व्यक्त गरिन् । पर्यटकीय गन्तव्यकाे रुपमा विकास गर्न सके यस क्षेत्रकाे व्यापार लगायतको गतिविधिलाई प्रभावकारी बनाउन कदम चालेकाे उनले जनाइन्

frontline

। तातोपानी मुहान पुगेकाे पर्यटक शिवगढी मन्दिरकाे समेत स्थलगत अवलोकन गर्ने बताउँदै एकदमै महत्त्वपूर्ण स्थलकाे रुपमा विकास गर्न नगर लगायतको सम्बन्धित निकायमा पहल गर्ने समेत उपप्रमुख थारुले प्रतिबद्धता जाहेर गरिन् । त्यसैगरी शिवराज नगरपालिका वडा नं.१ का वडाध्यक्ष जगत जिसीले तातोपानी मुहान संरक्षण गर्न आवश्यक रहेकाे बताए ।

विगत डेढ बर्ष पहिले भुगर्भ तथा खनिज काठमाडौंकाे एक टाेलीले अनुगमन गरेकाे उनले जानकारी दिए । अनुगमन टाेलीले परिक्षणका लागि पानी काठमाडौं लगेकाे जनाउँदै यसकाे प्रचारप्रसारकाे अभाव रहेकाे समेत जिसीले बताए । वडाध्यक्ष जिसीका अनुसार उक्त टाेलीले आफूलाई तातोपानीमा गन्धक भन्ने तत्व रहेकाे जनाउँदै तत्वले शरीरमा रहेकाे विशेषगरी छाला राेग हटने जनाए ।

वडाध्यक्ष जिसीले भने अनुगमन टाेलीले आफूलाई जानकारी गराए अनुसार सुरइ तातोपानी मुहानमा सुनखानीकाे तत्व रहेकाे समेत अनुमान गरेकाे छ । तातोपानी मुहान संरक्षण गर्न गत बर्ष वडाले रकम विनियोजन गरे पनि काेभिडले काम गर्न नसकेको जिसीले बताए । सुरइखाेला तातोपानी मुहान संरक्षण कार्यक्रम उपभोक्त समितिका अध्यक्ष गिर बहादुर सिंह ठकुरीले चालू आर्थिक बर्ष ८ लाख नगरबाट विनियोजन भएकाे बताए ।

जसमध्ये पाइप लाइन, नुहाउने धारा कुण्ड, धारा वरिपरि जाली र साइन बाेर्ड लगायत निर्माण भइसकेको बताउँदै थप भइरहेको निर्माण कार्य आगामी जेठ मसान्तसम्म सकाउने याेजना रहेकाे उनले जनाए । बर्षातकाे बेला मुहान पुग्न समस्य भएकाेले ट्रस बृज, पिक्निक स्पाेर्ट र पार्किङ बनाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नगरकाे याेजना रहेकाे नगरपालिकाले जनाएकाे छ । अ.व. २०७७/७८ नगरबाट ८ लाख विनियोजन गरिएको मध्ये ६ लाख रकम बराबरकाे सिंढी निर्माण भएकाे संरक्षण समितिले जनाएकाे छ । चालू अ.व.मा मुहान विकास स्वरुप नगरपालिकाबाट रु.८ लाख विनियोजन गरिएकाे नगर प्रशासनले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here