ताइवानको वायु रक्षा क्षेत्रमा चीनले पठायो २९ वटा लडाकु विमान
१२ असार, एजेन्सी । चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ । ती विमानहरूमध्ये १७ वटा लडाकु विमान, ६ बमवर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमानहरू दक्षिणपश्चिम क्षेत्रबाट मङ्गलबार टापुको वायुरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको द स्टार अखबारले रक्षामन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ।
यसअघि शुक्रबार अमेरिकी नौसेना पी-८ ए पोसेइडोन टोही विमान ताइवान स्ट्रेटमाथि उडेको थियो । ताइवान स्ट्रेटमा अमेरिकी निगरानी विमानको उडान ‘स्वतन्त्र र खुला इन्डो-प्यासिफिकको लागि अमेरिकाको प्रतिबद्धता’ को प्रदर्शनको रूपमा बुझ्ने गरिन्छ।
प्रतिक्रिया दिनुहोस्