तस्कर समुहलाई प्रहरी नै संरक्षण गर्ने गरेको पुष्टि, द्वय यादवलाई कारवाहीबाट बचाउन चलखेल सुरु

सत्येन्द्र प्रताप सिंह
कार्तिक ९ रौतहट
बारा जिल्लाको बिभिन्न ठाउँहरु लगायत सिम्रौणगढ नाकाबाट समेत तस्करी धन्दा मौलाउनुको मुख्य कारण प्रहरी नै रहेको पुष्टि भएको हो । इलाका प्रहरी कार्यालय सिम्रौणगढका प्रहरी निरीक्षक रबिभुषण यादव र प्रहरी सहायक निरीक्षक अमृत यादवको मिलोमतोमा तस्करी धन्दा मौलाउदै गएको बारे एक घटनाले पुष्टि गरीएको हो ।
प्रहरी संगठनमै बदनाम मानिएका प्रहरी निरीक्षक रबिभुषण यादव इलाका प्रहरी कार्यालय सिम्रौणगढको जिम्मा पाए देखी नै तस्करी धन्दा गर्ने तस्कर संगठनका मुख्य नाइकेहरु संग समन्वय गर्दै तस्करी धन्दा चलाउदै आएको रहस्य बाहिरिएको हो । प्रदेश प्रहरी कार्यालय लगायत प्रहरी संगठनमै आफ्नो पहुँच रहेको कारण जिल्लाका प्रमुखले केही गर्न नसक्ने हुर्की लगाउदै तस्करी धन्दा चलाउदै आएको मंगलवारको घटनाले प्रमाणित गरेको हो ।
गएको मंगलवार राति करिब ८ बजेको समयमा भारतबाट अवैध तरिकाले नेपाल भित्रिदै गरेको लाखौं मुल्य बराबरको कपडा स्थानीयले पक्राउ गरी स्थानीय प्रहरी चौकी कचोर्वामा खबर गरेका थिए । प्रहरी चौकी कचोर्वाका प्रहरी सहायक निरीक्षक अमृत यादवले खबर पाउनासाथ इलाका प्रहरी कार्यालय सिम्रौणगढका प्रहरी निरीक्षक रबिभुषण यादवलाई खबर गरेका थिए । तर प्रहरी निरीक्षक यादवकै आदेशमा प्र स नि अमृत यादवले मोवाइल नै स्विच अफ गरेको बारे रहस्य बाहिरिएपछि प्र निको समेत संलगन्ता भएको पुष्टि भएको देखिन्छ ।
यादवले राजनीति दलका उच्च अवधामा पुगिसकेका जड्या राजनीतिकर्मीको नामले प्रख्यात एक नेता तथा प्रदेश प्रहरीका प्रमुख डिआईजी जनक भट्टराईको आर्शिवादले कानुनी कारवाहीबाट बच्न खोजिएको प्रहरी श्रोत बताउँछन् । यस बिषयमा नेपाल प्रहरी संगठनका प्रमुख आईजीपि बसन्त कुवरले चासो देखाउने हुन की तस्करकै इशारामा काम गर्ने हुन, हेर्न बाकी रहेको स्थानीयहरुले नाम नखुल्ने शर्तमा बताए।

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here